एनपीएल : आइतबार छैन खेल, सोमबार दुई खेल हुँदै

नेपालभ्युज

एनपीएल : आइतबार छैन खेल, सोमबार दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा  मंसिर  १६ गते अर्थात् आइतबार कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मंसिर १६ गते कुनै पनि खेल नराखिएको हो ।

आगामी सोमबार दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved