हाम्रो आगमनले नेपाली खेलाडीलाई फाइदा हुन्छ : शिखर धवन

नेपालभ्युज

हाम्रो आगमनले नेपाली खेलाडीलाई फाइदा हुन्छ : शिखर धवन

काठमाडौं । शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न शुक्रबार साँझ काठमाडौं आइपुगेका शिखर धवनले विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई फाइदा पुग्ने बताएका छन् ।

कर्णाली याक्समा आबद्ध धवनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ यस्तो बताएका हुन् ।

‘एनपीएल खेल्न विदेशी खेलाडी आएका छन् । उनीहरूले आफ्नो एक्सपेरियन्स यहाँ सेयर गर्नेछन्, यसले नेपाली खेलाडीलाई पनि फाइदा पुग्छ’ धवनले भने, ‘हाम्रो एक्सपेरियन्सले यहाँको क्रिकेट र स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्न सहयोग पुग्नेछ ।’

आफू पहिलोपटक नेपाल आएको बताएका उनले यहाँ रहँदा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने र भ्याएसम्म हिमालको मज्जा लिने पनि जनाएका छन् ।

उनले आइपीएल खेलेका सन्दीप लामिछानेबारे थाहा भए पनि अन्य खेलाडीको बारेमा त्यति जानकार नभएको बताएका छन् ।

नेपालमा क्रिकेटको लोकप्रियता धेरै रहेको बताउँदै उनले भने ‘खेलको टिकेट नै ‘सोल्ड आउट’ भएको थाहा पाएँ, यसले नेपालको क्रिकेट कति लोकप्रिय छ भन्ने थाहा हुन्छ ।’

उनले कर्णाली याक्सबाट मैदानमा उत्रिन उत्साहित रहेको समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved