टी–२० विश्वकप र आईपीएल विजेता पाकिस्तानी खेलाडी चितवन राइनोजमा अनुबन्धित

नेपालभ्युज

टी–२० विश्वकप र आईपीएल विजेता पाकिस्तानी खेलाडी चितवन राइनोजमा अनुबन्धित

काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का चितवन राइनोजले पाकिस्तानी क्रिकेटर सोहिल तानबिरलाई अनुबन्ध गरेको छ ।

टोलीका अध्यक्ष आयुष न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गर्दै बायाँ हाते पेस बलर तानबिरलाई अनुबन्ध गरेको जानकारी दिएका छन् ।

‘एनपीएलको पहिलो सिजनका लागि पाकिस्तानी क्रिकेटमा लामो समय खेलिसकेका अनुभवी खेलाडी सोहेल तानबिरलाई अनुबन्ध गरेको घोषणा गर्न पाउँदा चितवन राइनोजको टिम निकै उत्साहित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बायाँ हाते पेस बलिङ गर्ने तानबिरको भिन्न किसिमको शैलीले उनलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ ।’

तानबिर राजस्थान रोयल्सको तर्फबाट खेलेर इन्डियन प्रिमियर लिग (आईपीएल) जितिसकेका खेलाडी हुन् । उनी पाकिस्तान सुपर लिग विजेतासमेत हुन् ।

तानबिरको सबैभन्दा ठूलो उपलब्धि पाकिस्तान टिमबाट सन् २००९ को टी–२० विश्वकप जित्नु हो ।

‘मैले यसलाई एक चूनौतीका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ । मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यान छन्,’ एनपीएलमा अनुबन्धबारे तानबिरले भनेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved