एनपीएलको स्पार्कलिब स्माइल पार्टनरमा ह्याप्पीडेन्ट 

नेपालभ्युज

एनपीएलको स्पार्कलिब स्माइल पार्टनरमा ह्याप्पीडेन्ट 

काठमाडौं । नेपाल प्रिमियर लिगको सिजन १ का लागि ह्याप्पीडेन्ट स्पार्कलिब स्माइल पार्टनर बनेको छ । ह्याप्पीडेन्ट, नेपालमा सर्वाधिक रुचाइएको चुइबगम ब्रान्ड मध्येको एक हो ।

स्वच्छ सास र चम्किलो मुस्कान फैलाउनका लागि चर्चित ब्रान्ड अनि शक्ति, उत्साह, उमँग र जोशलाई प्रदर्शित गर्ने क्रिकेट प्रतियोगिताबिच भएको यो रोमाञ्चक सहकार्यले एक शक्तिशाली बन्धनलाई प्रतिबिम्बित गरेको छ ।

एक स्पार्कलिब स्माइल पार्टनर हुनुको नाताले ह्याप्पीडेन्टले एनपीएलको यो सिजनभरि प्रशंसकहरुका माझ आफ्नो पहिचानयुक्त चम्किलो मुस्कान फैलाउनेछ ।

साझेदारीले खास गरेर प्रशंसकहरुलाई उनीहरूको टिमको समर्थन गरिरहँदा उनीहरूमा हौसला अभिवृद्धि गर्न, आत्मविश्वास जगाउन तथा चम्किलो मुस्कान प्रदान गर्नमा जोड दिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved