काठमाडौं । चितवन राइनोजले काठमाडौंमा एनपीएल हेर्न आउने जिल्लाका क्रिकेट समर्थकका लागि निः शुल्क बस र खाजाको व्यवस्था गरेको जनाएको छ ।
बुधबार आफ्नो सामाजिक संजालमार्फत राइनोजले यसबारे जानकारी गराएको हो । अफ्नो टिमप्रति दर्शकले देखाउने मायालाई सम्मान गर्दै यस्तो व्यवस्था गरिएको राइनोजले जनाएको छ ।
राइनोजले आफ्नो खेल भएको दिन चितवन मेडिकल कलेजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म निः शुल्क बस सेवा चलाउने बताएको छ । राइनोजले यसका लागि दैनिक ५ वटा बस व्यवस्था गरेको पनि जनाएको छ ।
खेलको टिकट खरिद गरेका समर्थकले यो सुविधा उपभोग गर्न पाउनेछन् । टिकटसँगै खाजाको व्यवस्था पनि गरिएको छ । गाडी चितवन मेडिकल कलेजबाट बिहान ३ बजे काठमाडौंका लागि छुट्ने छ ।
मंसिर १७ गते चितवन राइनोजले आफ्नो पहिलो खेल काठमाडौं गुर्खाजसँग खेल्नेछ । सो खेल दिउँसो सवा १ मा सुरु हुनेछ ।

यी पनि पढ्नुहोस :
एनपीएल हेर्न क्रिकेट समर्थक आतुर, उद्घाटन खेलको टिकट ३ दिन अगाडि नै ‘सोल्ड आउट’
एनपीएल : यी ६ विदेशीले गर्दैछन् कमेन्ट्री
विराटनगर किंग्सले एनपीएल जिते कोशी सरकारले ३० लाख दिने
Facebook Comment
Comment