एनपीएल : सर्वोत्कृष्ट नेपाली खेलाडीले कार पाउने

नेपालभ्युज

एनपीएल : सर्वोत्कृष्ट नेपाली खेलाडीले कार पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् ।

एनपीएलका सर्वोत्कृष्ट नेपाली खेलाडीले शारडा ग्रूपको तर्फबाट कार पाउने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताए ।

‘एनपीएलपश्चात कुनै एक उत्कृष्ट नेपाली खेलाडीले गाडी चढ्नुपर्छ भन्ने मनसायका साथ यो सम्झौता गरिएको हो ।’ उनले भने ।

तर, कुन कम्पनीको कति मूल्यको कार पाउने भन्ने बारेमा भने खुलाइएको छैन ।

ओमोडा एन्ड जेइकोले एनपीएलको पहिलो संस्करणमा सहप्रायोजकको रुपमा साझेदारी गरेको छ । एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपीएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुयाउने विश्वास व्यक्त गरेका छन् ।

एनपीएलको ‘ड्रिभन बाइ’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved