एनपीएलको ‘ड्रिभन बाइ’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको

नेपालभ्युज

एनपीएलको ‘ड्रिभन बाइ’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको

काठमाडौं । ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा सहप्रायोजकको रुपमा साझेदारी गरेको छ ।

क्यान र ओमोडा एन्ड जेइकोबीच एनपीएल प्रायोजनको लागि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपीएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुयाउने विश्वास व्यक्त गरेका छन् ।

क्रिकेटका लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्याउने उनी बताउँछन् ।

सो कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्‌का क्यान र एनपीएलका सदस्यहरू एसपीरी अटोमोबाइल्सका निर्देशक गौरव शारडा तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

एनपीएलका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुस ६ गतेसम्म हुने तालिका रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved