काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ ।

काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा आज (सोमबार) बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी सार्वजनिक गरेका हुन् ।

एनपीएलमा भाग लिने आठवटै टोलीका मार्की खेलाडी पनि ट्रफी कार्यक्रम समारोहमा सहभागी भए ।

यही मंसिर १५ गतेदेखि शुरू हुने आइपीएलको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टको भिडन्त हुनेछ ।
उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । फाइनल खेल भने ६ पुसमा हुनेछ ।

एनपीएलमा देशका प्रमुख क्षेत्रलाई प्रतिनिधित्व गर्ने आठ टोलीले भाग लिनेछन् ।
यीमध्ये पाँच वटाको नाम प्रमुख शहर र तीन वटाको नाम प्रदेशबाट राखिएको छ । जसमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स ।
प्रत्येक टोलीमा कम्तीमा १६ जना खेलाडी हुनेछन् । अक्टोबर ६ मा आयोजित अक्सनमार्फत ८० खेलाडी छनोट गरिएका थिए । प्रत्येक टोलीले चारजना विदेशी खेलाडी र एक स्थानीय आइकनिक खेलाडी राख्नैपर्ने प्रावधान छ ।
थप तस्वीर :





Facebook Comment
Comment