काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ ।
बुधबार एक कार्यक्रममा नेपाल टेलिकम र सुदूरपश्चिम रोयल्सबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भएको हो ।
सो समझदारीपत्रमा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल तथा सुदूरपश्चिमका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका थिए ।
नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिममार्फत एनपीएलमा जोडिन पाउँदा खुसी लागेको कार्यक्रममा प्रबन्ध अर्यालले बताइन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् ।
सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढा ऐर, ब्रान्डन म्याकमुलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।
एनपीएल मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
Facebook Comment
Comment