तिहार डाक्दै सयपत्री (तस्वीरहरू)

आदिम कालमा मेक्सिको तथा मध्य अमेरिकाको यो जङ्गली फूल बिस्तार मानव बस्तीमा प्रवेश गरेको थियो। अहिले यो फूल नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुन्छ

तिहार डाक्दै सयपत्री (तस्वीरहरू)

काठमाडौं । नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु भएको छ । फूल र बत्तीहरूको पर्व भनेर चिनिने तिहारमा सयपत्री र मखमली फूलको प्रयोग बढी मात्रामा हुने गरेको छ ।

विशेषगरी लक्ष्मी पूजालाई घर, पसल, कार्यालय आदि सिँगार्न सयपत्री फूलको माला बढी प्रयोग हुने गरेको छ ।

आदिम कालमा मेक्सिको तथा मध्य अमेरिकाको यो जङ्गली फूल बिस्तार मानव बस्तीमा प्रवेश गरेको थियो । अहिले यो फूल नेपालमा तिहारका बेला विशेषरूपमा प्रयोग हुन्छ । पारिलो पाखो जमिनमा ढकमक्क फुल्ने सयपत्री टिप्न अहिले किसानहरू व्यस्त हुन थालेका छन् ।

गोकर्णेश्वरको सुन्ताखानमा सुनौलो पाइला नामक अनाथ आश्रमले सयपत्री फूलको खेती गरेको छ । संस्थाकी अध्यक्ष रोजिना विष्टका अनुसार फूल बिक्रीबाट आउने रकम त्यही अनाथ आश्रममा आश्रित बालबालिकाको खर्चमा प्रयोग हुँदै आएको छ ।

तस्वीरहरु-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved