एनपीएल : अक्सनका लागि खेलाडी दर्ता खुला, ‘ए’ ग्रेडको न्यूनतम मूल्य १० लाख

नेपालभ्युज

एनपीएल : अक्सनका लागि खेलाडी दर्ता खुला, ‘ए’ ग्रेडको न्यूनतम मूल्य १० लाख

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ । क्यानले शनिबार प्रेस विज्ञप्तिमार्फत् दर्ता खुला गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाकाअनुसार अक्सन प्रक्रियामा सहभागी हुने खेलाडीहरुलाई ए, बी, सी गरी तीन ग्रेडमा विभाजन गरिएको हुँदा खेलाडीहरूले आफ्नो इच्छा अनुरुप कुनै पनि श्रेणीमा नाम दर्ता गर्न सक्नेछन् ।

ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठामार्फत् कुनै एक टोलीले आफ्नो पक्षमा पार्नेछ ।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् । १० लाख भन्दा बढी भएमा चिट्ठा थुतिनेछ ।

त्यस्तै, सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठाबाट कुनै टोलीले पाउनेछन् ।

दर्ता शुल्कप्रति खेलाडी एक हजार तोकिएको छ । दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको छ । अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले यहाँबाट आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved