राष्ट्रपतिद्वारा रणउजीरेश्वरी भगवती रथजात्राको अवलोकन

नेपालभ्युज

राष्ट्रपतिद्वारा रणउजीरेश्वरी भगवती रथजात्राको अवलोकन

पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको श्री ७ रणउजीरेश्वरी भगवती २०५औं रथजात्रा (खटयात्रा)को अवलोकन गरेका छन् ।

रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा मंगलबार राष्ट्रपति पौडेल त्यहाँ पुगेका हुन् ।

जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गरेका छन् । त्यसपछि राष्ट्रपति पौडेल द फेमस महिन्द्र दल गणको निरिक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गरेका थिए ।

नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट ९पाल्पा० जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved