कपिलवस्तुमा चट्याङ लागेर एक जनाको मृत्यु

नेपालभ्युज

कपिलवस्तुमा चट्याङ लागेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

बुटवल । कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

विजयनगर गाउँपालिका-५ नौरंगिया बस्ने ४५ वर्षीया जन्ममति यादवको चट्याङले मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए ।

डालपुर (नयाँबस्ती) गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा यादवको मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज राखिएको निरीक्षक चन्दले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved