काम छोडेर परिवार रोज्नु छैन सजिलो, ब्लकबस्टर फिल्म दिइरहेको बेला छोड्नु परेको थियो अभिनय

नेपालभ्युज

काम छोडेर परिवार रोज्नु छैन सजिलो, ब्लकबस्टर फिल्म दिइरहेको बेला छोड्नु परेको थियो अभिनय

एजेन्सी । ९० को दशककी सुपरस्टार, जसले आफ्नो जीवनमा कैयौं हिट तथा ब्लकबस्टर फिल्ममा काम गरिन् । त्यो समयमा उनी निर्माता तथा निर्देशकहरूको पहिलो रोजाई हुने गर्थिन् ।

आफ्नो करिअरमा हुने हरेक ठूला कलाकारसँग काम गरिन् । तर, करिअरको एकदमै ‘पिक’ समयमा विवाह गरेर अभिनयको दुनियाँलाई अलविदा भनिन् ।

जो अभिनेत्रीको हामी कुरा गरिरहेका छौं उनी हुन्, बलिउडकी धकधक गर्ल माधुरी दीक्षित । ९० को दशककी एकदमै सुन्दर अभिनेत्री जसले आफ्नो समयमा दर्शकहरूको मात्र नभएर निर्माताहरूको पनि मन जितेकी थिइन् ।

माधुरी दीक्षित त्यो समयकी सबैभन्दा महंगी अभिनेत्री मध्ये एकमा पर्थिन् । सन् १९८४ मा ‘अबोध’ बाट आफ्नो करिअर सुरु गरेकी माधुरीका बारेमा धेरै कमले जान्दछन् कि उनी अभिनेत्री बन्न चाहँदिन्थिन् । एउटा महाराष्ट्रियन परिवारमा जन्मिएकी माधुरी कहिल्यै फिल्म क्षेत्रमा आउन चाहेकी थिइनन् ।

माधुरीले फिल्म अबोधमा गौरी नामकी युवतीको भूमिका निर्वाह गरेकी थिइन् । जो बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो ।

माधुरीले आफ्नो करिअरमा ‘आवारा’, बाप, स्वाति, हिफाजत, उत्तर दक्षिण र खतरों के खिलाडी जस्ता फिल्म खेलिन् । जो बक्स अफिसमा एकपछि अर्को असफल फिल्म मानिन्छन् । त्यसपछि उनी एकदमै निरास भएकी थिइन् ।

सन् १९८८ मा माधुरी दीक्षितले फिल्म ‘तेजाब’ मा काम गरिन् । यो फिल्मपछि भने उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । यो फिल्मपछि उनले धेरै ठूला ठूला फिल्महरूमा काम गरिन् । यसपछि सुभाष घईको फिल्म ‘राम लखन’ ले त उनलाई सुपरस्टार नै बनाइदियो ।

उनका सफल फिल्महरूमा ‘खलनायक’, ‘हम आपके हे कौन’, ‘दिल’, ‘परिन्दा’, ‘जमाई राजा’, ‘साजन’, ‘बेटा’, ‘दिल तो पागल हे’, ‘राजा’, ‘याराना’, ‘अंजाम’, ‘पुकार’ र ‘देवदास’ शामिल छन् ।

सन् १९९९ मा माधुरी दीक्षित टप स्टार बनिसकेकी थिइन् । करिअरको पीकमा उनले मुटुका सर्जन डा.श्रीराम नेनेसँग विवाह गरिन् । विवाहपछि उनले फिल्मबाट ब्रेक लिइन् र परिवारलाई महत्व दिँदै उनले फिल्मी दुनियाँलाई अलविदा बनिन् ।

उनले धेरै अन्तर्वार्ताहरूमा बताइसकेकी छन् कि करिअर छोडेर परिवारलाई छान्नु त्यति सजिलो हुँदैन ।

परिवार तथा बच्चाका लागि उनले फिल्मी करिअर छोडिन् र अमेरिकामै बस्न् थालिन् । त्यसपछि उनी ९ वर्षपछि पुनः अभिनयमा आइन् । अहिले पनि उमेरको यो समयमा आइपुग्दा उनी एकदमै कामप्रति लगनशील र ऊर्जावान देखिन्छिन् । अहिले पनि उनी अभिनय तथा फिल्मी क्षेत्रमा सक्रीय छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved