चर्च आक्रमणको भिडियोलाई लिएर मस्क र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच विवाद

नेपालभ्युज

चर्च आक्रमणको भिडियोलाई लिएर मस्क र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच विवाद

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलोन मस्कबीच वाक युद्ध जारी छ।

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले मस्कलाई ‘अहंकारी अर्बपति’ भनेका छन्।

गत हप्ता सिड्नीको एक चर्चमा विशपमाथि चक्कु प्रहारको फुटेजलाई लिएर दुईबीच बहस चलिरहेको छ ।

सोमबार अष्ट्रेलियाको एक अदालतले सिड्नी आक्रमणको भिडियो हटाउन एक्सलाई आदेश दिएको थियो।

अल्बानीजको बयान मस्कले एक मीम साझा गरेपछि आएको हो । मीममार्फत् मस्कले अस्ट्रेलिया सरकारमाथि सेन्सरसिपको आरोप लगाएका थिए ।

विशपमाथि भएको आक्रमणको भिडियो अस्ट्रेलियाका प्रयोगकर्ताहरूका लागि हटाइए पनि बाँकी देशमा भने हटाइएको छैन।

मंगलबार प्रधानमन्त्री अल्बानीजले एबीसी न्यूजसँगको कुराकानीमा भने, ‘मस्कलाई लाग्छ कि उनी कानून मात्र होइन, शिष्टताबाट पनि माथि छन्।’

गत हप्ता अष्ट्रेलियाको स्वतन्त्र नियामक ई-सुरक्षा आयुक्तले एक्स र अन्य सोशल मिडिया कम्पनीहरूलाई चर्चमा भएको आक्रमणको भिडियोहरू नहटाए भारी जरिवाना भोग्नुपर्ने चेतावनी दिएको थियो ।

‘मलाई यो असामान्य लाग्छ कि एक्सले आदेशको पालना गर्नुको सट्टा आफ्नो मुद्दा बहस गर्ने निर्णय गरेको छ,’ अल्बानीजले थप भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved