कतारसँग यी विषयमा हुँदैछन् सम्झौता, आधा दर्जनबढी परियोजनामा हस्ताक्षरको तयारी

नेपालभ्युज

कतारसँग यी विषयमा हुँदैछन् सम्झौता, आधा दर्जनबढी परियोजनामा हस्ताक्षरको तयारी

काठमाडौं । नेपालले कतारसँग आधा दर्जन बढी सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपालले विभिन्न परियोजना अघि सारेको हो ।

नेपालले कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी लगायतमा हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

दुई देशबीच घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ ।

कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको परराष्ट्र स्रोतको भनाई छ ।

कतारी राजा थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भोलि द्विपक्षीय वार्ता हुनेछ ।

वार्तापछि दुवै नेताहरू सहभागी समारोहमा भोलि नै द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यतालिका छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved