मस्कको भारत भ्रमण किन स्थगित भयो ?

नेपालभ्युज

मस्कको भारत भ्रमण किन स्थगित भयो ?

काठमाडौं । अमेरिकी अर्बपति तथा कार कम्पनी टेस्लाका सीईओ एलोन मस्कको भारत भ्रमण स्थगित भएको छ ।

अप्रिल १० मा मस्कले आफू भारत भ्रमण गर्न उत्साहित रहेको बताएका थिए ।

‘दुर्भाग्यवश, टेस्लाको धेरै भारी जिम्मेवारीका कारण भारत यात्रा ढिलो हुने भएको छ,’ उनले एक्समा एक पोस्टको प्रतिक्रियामा भने ।

तर, मस्कले यसै वर्षको अन्त्यमा भारत भ्रमण गर्ने कुरा गरेका छन् । ‘म यस वर्षको अन्त्यमा भारत भ्रमण गर्न उत्साहित छु।’ उनले भनेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्क अप्रिल २२ मा भारत आउने तयारीमा थिए ।

मस्कले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने तयारी थियो । मस्कले भारतमा कार उत्पादन कारखाना स्थापना गर्ने तयारी गरिहेका छन् । यसअघि मस्कले टेस्लाको भारत प्रवेश प्राकृतिक प्रगति हुने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved