एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आजदेखि , देशभरबाट २४ सय बढी कार्यकर्ता सहभागी हुने

नेपालभ्युज

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आजदेखि , देशभरबाट २४ सय बढी कार्यकर्ता सहभागी हुने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आजदेखि सुरु हुदैछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आइतबारसम्म चल्ने बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना नेता कार्यकर्ता सहभागी हुने एमालेले जनाएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने गौतमले बताए । एमालेको विधानमा पार्टीको सार्वभौम अधिकार सदस्यहरुमा निहित रहने व्यवस्था गरिएको छ ।

तिनै सार्वभौम अधिकार प्राप्त सदस्यहरुले नेतृत्व तहबाट भएका कामको आवधिक रुपमा समीक्षा र मूल्यांकन गर्नका लागि बैठक बोलाइएको हो ।

बैठकले नेतृत्वदायी कमिटीलाई मार्गदर्शन गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved