पटक-पटक आउँछ पिसाब, गर्नुहोस् ५ कसरत

नेपालभ्युज

पटक-पटक आउँछ पिसाब, गर्नुहोस् ५ कसरत

एजेन्सी । कतिपय व्यक्तिलाई पिसाब नियन्त्रण गर्न समस्या हुने गर्छ । यस समस्यालाई पिसाबथैलीसँग जोडिएको समस्या मानिन्छ । यो समस्या आमरूपमा बुढाबुढी तथा महिलाहरूमा बढी हुने गर्छ । यसबाहेक जो महिलाहरूले हालै बच्चालाई जन्म दिएकी हुन्छिन्, उनलाई पनि यस्तो समस्याको सामना गर्नुपरेको हुन सक्छ ।

योगा विशेषज्ञका अनुसार यस्तो समस्यालाई केही योग तथा कसरत गरेर पनि निको बनाउन सकिन्छ । नियमित रूपमा केही योगासनहरू गरेमा पटक-पटक पिसाब लाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

उत्कटासन योग (चेयर पोज)
पेट र पेल्विक फ्लोरका मांसपेशीहरूलाई बलियो बनाउनका लागि तपाईं चेयर पोजको अभ्यास गर्न सक्नुहुन्छ । यसमा तपाईंको शरीरको सम्पूर्ण ऊर्जा तपाईंको मुख्य अंगले नियन्त्रित गर्छ । शुरूवातमा तपाईं केही सेकेन्डका लागि अभ्यास गर्नुहोस् । विस्तारै यसको समयलाई बढाउँदै लग्नुहोस् । यसले पिसाब नियन्त्रणसँग जोडिएका समस्याहरूमा आराम पाउन सकिन्छ ।

नौकासन
नौकासन जमिनमा बसेर गरिन्छ । यो आसनलाई गर्दा रक्तसञ्चार पेल्विक फ्लोरतिर बढ्छ । यसले पिसाबसँग सम्बन्धित समस्या कम हुँदै जान्छ । जो महिला वा पुरूषहरूलाई पटक-पटक पिसाब आउने समस्या हुन्छ, त्यस्तोमा सजिलै पिसाब नियन्त्रणमा सुधार आउँछ ।

पूर्वोतानासन
पूर्वोतानासन गर्नाले साप्रा र पेटका मांसपेशीहरू बलियो हुन्छन् । शुरूवातमा यो आसनलाई गर्न समस्या हुन सक्छ । यसलाई तपाईं दुईदेखि पाँच मिनेटसम्म गर्न सक्नुहुन्छ । यसको नियमित अभ्यासले पेल्विक फ्लोरको मांसपेशीहरूमा रक्तसञ्चार बढ्छ । यसले पिसाबसँग जोडिएका समस्याहरू निको हुन्छन् ।

सेतुबन्धासन
यो आसन गर्नाले तपाईंको पेट र फोक्सोका मांसपेशीहरू बलियो हुन्छन् । साथमा कमरदेखि तलको भागमा पनि रक्तसञ्चार राम्रो हुन्छ । यो आसनले पाचन प्रक्रिया पनि राम्रो हुन्छ । योग विशेषज्ञका अनुसार यो आसनले पिसाबथैलीसँग जोडिएका समस्याहरूमा आराम पाउन सकिन्छ ।

वीरभद्रासन
यो आसनले पेल्विक फ्लोरका मांसपेशीहरू तन्किन्छन् । वीरभद्रासनलाई वारियर पोज पनि भनिन्छ । यसले पेल्विक फ्लोरका मांसपेशीहरूमा तागत बढ्छ जसले गर्दा पिसाब तथा पिसाबथैलीसँग जोडिएका समस्याहरू निको हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved