पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पलाँता-८ मा थोपा सिँचाई आयोजना निर्माणमा उपभोक्ता समितिले काम नगरी रकम अनियमितता गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले दायर गरेको आरोपपत्रमा न्यौपानेसहित गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा, सव-इन्जिनियर माधव कुमार भट्ट, वडा नं. ८ का तत्कालीन वडाअध्यक्ष पटकबहादुर बम र वडासचिव जानकी कुमारी शाही, मुलखोला थोपा सिंचाई उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुविरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँ बिगो माग गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved