काठमाडौं विश्वकै तेस्रो वायु प्रदूषित सहर

नेपालभ्युज

काठमाडौं विश्वकै तेस्रो वायु प्रदूषित सहर

काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढेको छ ।

विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यूएयरका अनुसार सोमबार काठमाडौं धेरै वायु प्रदूषण भएको विश्वकै तेस्रो सहर बनेको छ ।

काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ रहेको जनाएको छ । आईक्यूएयरका अनुसार १५१ देखि २०० एक्यूआई गुणस्तरको वायुलाई अस्वस्थकर मानिन्छ।

धेरै वायु प्रदूषण हुने सहरहरुको सूचीको पहिलो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ भने दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई सहर छ। नयाँ दिल्लीको एक्युआई २४४ छ।

नेपालमा चैत महिनामा वायु प्रदूषण धेरै हुने गरेको छ ।

वायु प्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरुले बताएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी यसबाट बढी प्रभावित हुने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved