ट्राफिकमा फसेको बेला पनि सारा अली खान रहिन् व्यस्त

नेपालभ्युज

ट्राफिकमा फसेको बेला पनि सारा अली खान रहिन् व्यस्त

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खान आफ्नो चुलबुले अन्दाजले सधैं प्रशंसकहरुको मन जित्ने गर्छिन् । सामाजिक मिडियामा उनी कैयौं रमाइला तथा रोचक भिडियोहरु सेयर गरेर फ्यानहरुलाई मनोरञ्जन दिईरहन्छिन् । अहिले पनि उनको एउटा भिडियो भाइरल भइरहेको छ ।

हालै साराले इन्स्टाग्राममा दुई वटा भिडियो शेयर गरिन् जसमा उनी कारमा बसेको भिडियो छ । यसमा उनले पहेंलो रंगको कुर्ता लगाएकी छन् र पोस्टमा क्याप्सन लेखेकी छन्, ‘ह्यासट्याग शुट डे’ ।

साराले आफ्नो स्टोरीमा जो दोस्रो भिडियो शेयर गरेकी छन् त्यसमा उनी ‘आइस फेशियल’ गरिरहेको देखिन्छिन् । उनले अनुहार फुल्लिएको क मगर्नका लागि आफ्नो आँखाको तल र अनुहारमा बरफले फेशियल गरिरहेको देखिन्छिन् ।

यस भिडियोमा क्याप्सन छ, “यो लामो यात्रा हो, ट्राफिकले के गरुन ? अब यही हो मेट्रो हिजोआज ।” यसरी उनले ट्राफिकमा रोकिनु पर्दाको समयको फाइदा उठाइन् ।

हालै सारा ‘मर्डर मुबारक’ र ‘ऐ वतन मेरे वतन’ मा देखिएकी थिइन् । अभिनेत्रीका दुवै फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved