सामन्थाले रिजेक्ट गरेको फिल्म खेलेर हिट भएकी थिइन् रश्मिका

नेपालभ्युज

सामन्थाले रिजेक्ट गरेको फिल्म खेलेर हिट भएकी थिइन् रश्मिका

काठमाडौं । बलिउड तथा साउथ अभिनेत्री रश्मिका मन्डन्नाको आज २८औं जन्मदिन हो । गत वर्ष अर्थात् सन् २०२३ उनको करियरको सबैभन्दा सफल वर्ष साबित भयो ।

रश्मिका अभिनित फिल्म ‘एनिमल’मा रणवीर कपूरको साथमा देखिएकी थिइन् । यो फिल्मले बक्स अफिसमा करिब ९०० करोड कमाएको थियो ।

यसअघि फिल्म ‘पुष्पा’ मा श्रीवल्लीको भूमिकाबाट रश्मिका चर्चित भएकी थिइन्, तर के तपाईलाई थाहा छ ? उनलाई यो भूमिका दक्षिण अभिनेत्री सामन्था रुथ प्रभुले रिजेक्ट गरेपछि पाएकी हुन् ।

सामन्थाले अस्वीकार गरेपछि ‘पुष्पाः द राइज’मा रश्मिका श्रीवल्ली बनेकी थिइन् ।

फिल्म ‘पुष्पाः द राइज’ सन् २०२१ मा रिलिज भएको थियो । यस फिल्ममा रश्मिका अल्लु अर्जुनको अपोजिट श्रीवल्लीको भूमिकामा देखिएकी थिइन्, जसले उनलाई निकै लोकप्रियता दिएको थियो ।

यही फिल्मका कारण रश्मिकालाई बलिउडमा पनि चर्चा मिल्यो र उनलाई धेरै फिल्मको अफर आएको थियो । तर, यो भूमिकाका लागि उनी पहिलो रोजाइ थिइनन् ।

‘पुष्पा’ निर्देशक सुकुमारले यसअघि सामन्थालाई यो भूमिका अफर गरेका थिए । तर, उनले मानिनन् । त्यसपछि रश्मिकालाई सम्पर्क गरियो र उनी राजी भइन्।

साउथमा एकपछि अर्को हिट फिल्म दिएपछि रश्मिकाले सन् २०२१ मा फिल्म ‘गुडबाय’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

फिल्म फ्लप भएपनि त्यसपछि रश्मिका सिद्धार्थ मल्होत्रासँग ‘मिशन मजनु’ मा देखिएकी थिइन् । यो फिल्म पनि फ्लप साबित भयो । तर, २०२३ मा रिलिज भएको फिल्म ‘एनिमल’ ले रश्मिकालाई बलिउडमा स्थापित गर्यो ।

यस फिल्ममा रश्मिकाले रणवीर कपुरकी पत्नी गीताञ्जलीको भूमिका निभाएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved