‘वैवाहिक बलात्कार’ आरोपमा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

नेपालभ्युज

‘वैवाहिक बलात्कार’ आरोपमा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गायक रवि ओडविरुद्ध प्रहरीले पक्राउ पुर्जी गरेको छ ।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए ।

ओडकी श्रीमतीले यही चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन् ।

ओडको खोजी भइरहेकाे र अहिलेसम्म पक्राउ नपरेको प्रवक्ता पन्तले बताए ।

ओड नेपाल आइडल सिजन-२ का विजेता हुन् ।

राजेशपायल राईको टुट्यो वैवाहिक जीवन, श्रीमतीलाई ५ करोडको घर र ५० लाख नगद दिने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved