राजेशपायल राईको टुट्यो वैवाहिक जीवन, श्रीमतीलाई ५ करोडको घर र ५० लाख नगद दिने

नेपालभ्युज

राजेशपायल राईको टुट्यो वैवाहिक जीवन, श्रीमतीलाई ५ करोडको घर र ५० लाख नगद दिने

काठमाडौं । गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा सम्बन्धविच्छेद गरेका छन् ।

यही साता काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि दुई पक्षबीच मिलापत्र भएको पारिवारिक स्रोतले जनाएको छ ।

राजेशपायलले सम्बन्धविच्छेदको मुद्दा हालेका थिए । करिब ५ करोड पर्ने साढे तीन तलाको घर र नगद ५० लाख रूपैयाँ दिएर राजेशपायलले सम्बन्धविच्छेद गरेका हुन् ।

साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिबद्धता राजेशपायलले जनाएका छन् । काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङलाई दिएका छन् ।

राजेश पायल र साङबुङका एक छोरा छन् । उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो ।

छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने सम्झौता भएको छ ।

उनीहरुले २०७८ असोजमा बिहे दर्ता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved