होसियार मोटरसाइकल हराउला ! आठ महिनामा काठमाडौंबाटै चोरी भए दुई हजार मोटरसाइकल

नेपालभ्युज

होसियार मोटरसाइकल हराउला ! आठ महिनामा काठमाडौंबाटै चोरी भए दुई हजार मोटरसाइकल

काठमाडौं । साउनदेखि चैतसम्म काठमाडौं उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको छ । प्रहरीको तथ्याङ्क अनुसार तीमध्ये ३७४ मात्रै मोटरसाइकल फेला परेका छन् ।

फेला परेका मोटरसाइकलमध्ये दुई सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

२४ वटा आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ ।

ढकालका अनुसार बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छ । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको उनले बताए ।

गएको आर्थिक वर्ष २०७९\८० मा एक हजार आठ सय ५० वटा मोटरसाइकल चोरी भएका थिए । पाँच सय ५१ मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको थियो । चार सय ९९ वटा सम्बन्धित व्यक्तिलाई बुझाइएको थियो ।

आव २०७८\७९ मा एक हजार छ सय चारवटा मोटरसाइकल चोरी भएका थिए । ती मध्ये पाँच सय छ वटा प्रहरीले फेला परेका थिए । चार सय ३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved