पूर्वन्यायाधीश गिरीकी श्रीमती आरती रावलले गरिन् विष सेवन, वीर अस्पतालमा उपचार जारी

नेपालभ्युज

पूर्वन्यायाधीश गिरीकी श्रीमती आरती रावलले गरिन् विष सेवन, वीर अस्पतालमा उपचार जारी
फाइल तस्वीर

काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् ।

उनले बुधबार दिउँसो २ बजेतिर अदालत परिषरमै विष खाएकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दामाथि बहस भइरहेको थियो ।

हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर र बोल्न नसक्ने रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved