विद्यालयका नाम नेपालीमा नभए भर्ना प्रक्रिया नै रोकिदिने काठमाडौं महानगरको चेतावनी

नेपालभ्युज

विद्यालयका नाम नेपालीमा नभए भर्ना प्रक्रिया नै रोकिदिने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र विद्यालयको नाम अनिवार्यरुपमा नेपालीमा राख्न निर्देशन दिएको छ । नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे महानगरपालिकाले भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको हो ।

महानगरले आज एक सूचना जारी गर्दै आफु मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।

महानगरले शिक्षा नियमावली, २०५९ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम अनुसार नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved