दोस्रो दक्षिणकाली बोसन महोत्सव हुँदै

नेपालभ्युज

दोस्रो दक्षिणकाली बोसन महोत्सव हुँदै

काठमाडौं । ‘दोस्रो दक्षिणकाली बोसन महोत्सव’ हुने भएको छ । चम्पादेवी पर्यटन प्रवर्द्धन संस्थाको आयोजनामा आउँदो चैत्र ३० देखि वैशाख १ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।

दक्षिणकाली नगरपालिका र सोही नगरपालिकाको वडा नं. १ को सहकार्यमा बोसन फुटबल मैदान, काठमाडौंमा हुने कार्यक्रममा विभिन्न खेलहरूसमेत सञ्चालन हुनेछ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहनेछ । रचना रिमाल, अमित बराल, सुबोध गौतम, रेश्मा बम्जन, प्रतिमा अर्याल, सरोज लामिछाने सुनिल खड्का, राजेन्द्र गिरीलगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यसैबीच कार्यक्रममा स्थानीय तथा रैथाने खानाका परिकारसमेत रहने आयोजकले जनाएको छ । कार्यक्रमका बीच साहसिक खेलका साथमा झाकी प्रदर्शनीसमेत रहनेछ ।

संस्थाका अध्यक्ष महेश तामाङले कार्यक्रमले कला तथा संस्कृतिको जगेर्ना गर्दै खेलकुद, स्थानीय उत्पादनको बजारीकरण, प्राकृतिक सौन्दर्यमार्फत पर्यटनको विकास तथा प्रवर्द्धानमा सहयोग पुग्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved