अजय देवगन २५० थिएटरको मालिक बन्दै

नेपालभ्युज

अजय देवगन २५० थिएटरको मालिक बन्दै

काठमाडौं । भारतीय अभिनेता अजय देवगन(ajay devgan) आजदेखि ५५ वर्षका भएका छन् । कालो वर्ण र भारी आवाजका देवगन स्टन्ट निर्देशक वीरू देवगनका छोरा हुन् ।

कलेजमा गुण्डागर्दीका लागि चर्चित अजयले बलिउडमा डेब्यू गर्ने तयारीबारे साथीहरूलाई कुराहरू सेयर गरेका थिए ।

जब उनले आफू फिल्ममा हिरो बन्ने कुरा भने साथीहरूले खिल्ली उडाएर सोधे, ‘के तिमी पनि हिरो ?’ आज देवगन बलिउडका सबैभन्दा सफल अभिनेताहरूमध्ये एक हुन्।

शाहरूख होस्, सलमान होस् वा आमिर, ९० को दशकका हरेक स्टारले फ्लप फिल्म दिए वा एक वर्ष वा अर्कोमा ब्रेक लिए तर अजय एक मात्र यस्तो अभिनेता हुन् जसले सन् १९९१ को फिल्म फूलबाट डेब्यू गरेपछि ३३ वर्षमा ब्रेक लिएका छैनन् ।

उनले अहिलेसम्म १२२ वटा फिल्म खेलिसकेका छन् । उनी प्रोडक्सन हाउस खोल्ने पहिलो अभिनेता पनि हुन् । अजय भारतमा भीएफएक्स स्टुडियो सुरू गर्ने पहिलो अभिनेता हुन्।

अब अजयसँग थिएटर चेन एनवाई सिनेमा पनि छ। ६०० करोडको लगानीका अजयसँग हाल ६५ वटा प्लस थिएटरहरू छन् र आगामी वर्षहरूमा उनी यो व्यवसायलाई विस्तार गर्दै देशभर २५० स्क्रिनको मालिक बन्न लागेका छन्।

कलेजका दिनमा अजयको गुण्डागर्दी गर्दथे, जसका कारण सबै विद्यार्थी उनीसँग डराउँथे । अजय प्रायः आफ्ना साथीहरूसँग गाडीमा घुम्ने र खतरनाक स्टन्टहरू गर्ने गर्थे।

उनी दुर्व्यहारको आरोपमा दुई पटक जेल पनि गएका छन् । कलेजमा अजय र उनको गिरोहको दबदबा थियो, जसका कारण उनीहरूले मानिसहरूलाई धेरै पिट्ने गर्थे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved