बागमतीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

नेपालभ्युज

बागमतीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई विश्वासको मत दिने भएको छ ।

सोमबार दिउँसो १ बजेपछि मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिने प्रयोजनसहित प्रदेश सभाको बैठक आह्वान गरिएको छ । जहाँ मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत पाउँ भनी प्रस्ताव गर्नेछन् । उक्त प्रस्तावको पक्षमा आफूहरूको मत हुने एकीकृत समाजवादी, बागमतीका संसदीय दलका नेता कृष्णप्रसाद खनालले बताए ।

“माथिबाट विश्वासको मत दिनु भनेर निर्देशन आएको छ,” उनले भने, “हामी विश्वासको मत दिन्छौँ ।”

एकीकृत समाजवादीसँग बागमतीमा ७ सिट छ । यदि उसले विश्वासको मत नदिए मुख्यमन्त्री जमरकट्टेलको पद धरापमा पर्ने निश्चितप्राय: छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved