बौद्धनाथ क्षेत्रमा यातायातको चापले पर्यटकलाई गाह्रो भयो : सांसद चालिसे

नेपालभ्युज

बौद्धनाथ क्षेत्रमा यातायातको चापले पर्यटकलाई गाह्रो भयो : सांसद चालिसे

काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपमा यातायातको चापले गर्दा पर्यटकलाई सकस भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै सांसद चालिसे (Santosh chalise) त्यसप्रति सरकारको ध्यान जानुपर्ने बताएका हुन् ।

“१९७९ देखि विश्व सम्पदा सूचीमा छ बौद्धनाथ, यहाँ विभिन्न देशहरूबाट पर्यटकहरू आउँछन् । यस वर्षमात्रै कम्तिमा ४ लाख पर्यटकहरू बौद्ध पुगेका छन् । तर, त्यहाँको भौतिक व्यवस्थापन भने छैन । त्यहाँ यातायातको चापले गर्दा वारिबाट पारि र पारिबाट वारि गर्न सकिने अवस्था छैन,” सांसद चालिसेले भने, “यसतर्फ सरकारको ध्यानसमेत गएको छैन ।”

त्यस्तै लामा नियुक्ति प्रक्रिया रोकिँदा थप सकस भइरहेको उनले बताए । “चिनियाँ लामा नियुक्ति गर्ने प्रचलन रहेको थियो। तर, ३ वर्षयता लामा नियुक्ति रोकिएको छ । यसले पनि थप समस्या पैदा भएको छ,” उनले भने ।

चाँडै लामा नियुक्ति प्रक्रिया सुचारु हुनुपर्ने माग चालिसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved