‘बाँचे संसार जितिन्छ’ भन्दै अरूलाई हौसला दिने डा. प्रतिभाले आफैले किन फालिन् ज्यान ?

उनी सर्जन थिइन् । कहिलेकाँही बिरामीलाई काउन्सिलिङ पनि गर्थिन् । जीवनदेखि निराश भएकालाई ‘बाँचे संसार जितिन्छ’ भन्दै हौसला दिन्थिन् । तर, आफैँले ज्यान फलिन् ।

नेपालभ्युज

‘बाँचे संसार जितिन्छ’ भन्दै अरूलाई हौसला दिने डा. प्रतिभाले आफैले किन फालिन् ज्यान ?

काठमाडौं । सेतो कोटमा चिटिक्क देखिन्छन्, डा प्रतिभा धौभडेल धादिङ अस्पताल परिसरमा । ३४ वर्षमा भर्खरै टेकेकी उनको खुलेको अनुहार, मन्द मुस्कान र व्यवहारले बिरामी प्रसन्न भएर फर्कन्थे ।

उनी सर्जन थिइन् । कहिलेकाँही बिरामीलाई काउन्सिलिङ पनि गर्थिन् । जीवनदेखि निराश भएकालाई ‘बाँचे संसार जितिन्छ’ भन्दै हौसला दिन्थिन् ।

जीवनदेखि हार खाएकाहरुलाई डा प्रतिभा भन्थिन्, ‘आत्महत्या रोज्दा ज्यान गुमाउने व्यक्तिलाई जीवनबाट उन्मुक्ति मिल्ला तर उसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिहरूको सपना पलपल मरिरहन्छ । बाबु आमाका लागि आड भरोसा, देखिएका सपना टुट्छ, तपाईँलाई प्रेरणाको स्रोत मान्नेहरूका लागि प्रेरणा मर्दछ, तपाईँको खुसीमा खुसी हुनेहरूको खुसी रित्तिन्छ । अनि तपाईँका लागि भनी आफ्ना खुसी तिलाञ्जली दिनेहरूको त्याग र समर्पण गलत साबित भइदिन्छ ।’

यसो भनेर आफ्नो अमूल्य जीवन खेर नफाल्न र बाच्न हौसला र प्रेरणा दिने उनै डा प्रतिभा आफैँले जीवन खेर फालेकी छिन्, त्यो पनि करियरको उत्कर्षमा । काठमाडौंको छाउनीमा एक डाक्टर आफ्नै घरमा बिहीबार उनी झुन्डिएको अवस्थामा मृत फेला परिन् ।

बिदा बस्न भनेर अस्पतालबाट घर आएकी डा. प्रतिभा मृत भेटिइन्

उनी शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन् । श्रीमानले तत्कालै अस्पताल पुर्‍याए पनि बचाउन सकिएन । धादिङ जिल्ला अस्पतालमा कार्यरत धौभडेल एक साताअघि विदा मनाउन घर आएकी थिइन् । उनका श्रीमान् पनि डाक्टर हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार धौभडेल डिप्रेसनमा थिइन् । उनले औषधि सेवन पनि गर्दै आएको प्रहरीले जनाएको छ ।

४ वर्षअघि विवाह भए पनि बच्चा भने थिएनन् । ‘प्रारम्भिकरुपमा हेर्दा आत्महत्या नै देखिन्छ । थप अनुसन्धान भइरहेको छ’, काठमाडौं प्रहरी परिसरका एक अनुसन्धान अधिकारीले भने ।

सहकर्मीसँग डा प्रतिभा धौभडेल

प्रतिभा घरायसी कामका लागि भन्दै एक हप्ताको विदामा बसेकी थिइन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन् ।

रातो बङ्गला स्कुल पढेकी उनले काठमाडौं युनिभर्सिटीको सम्बन्धन प्राप्त भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी हुन् ।

रातो बङ्गला पढ्दा नेपालमै ए लेभलमा उत्कृष्ट अङ्क ल्याएकी डा. प्रतिभाले भारतमा प्रतिष्ठित डा. पारसमणि स्वर्ण पदक पनि हात पारेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved