श्री एयरलाइन्सको जहाजको चक्का खुस्केर झाडीमा पुगेपछि..

नेपालभ्युज

श्री एयरलाइन्सको जहाजको चक्का खुस्केर झाडीमा पुगेपछि..
फाइल तस्वीर

काठमाडौं । श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि धनगढी विमानस्थलमा ग्राउण्डेड गरिएको छ ।

जहाज अवतरण गरेपछि पार्किङ गर्ने क्रममा एउटा चक्का खुस्केर झाडीमा पुगेपछि जहाज ग्राउण्डेड गरिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले जानकारी दिए ।

कलसाइन एएनएच २२७ नम्बरको सो जहाज सोमबार साँझ काठमाडौंबाट धनगढी पुगेको थियो ।

पार्किङ गर्ने क्रममा जहाजको चक्का खुस्किएर झाडीमा पुगेपछि विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीले बोकेर ल्याएका थिए ।

पुनः उडान गर्न योग्य नदेखिएपछि जहाज ग्राउण्डेड गरिएको सिंहले बताए ।

जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको छ । मर्मतपछि जहाजले उडान भर्ने सिंहले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved