खुट्टा खापेर बस्दा स्वास्थ्यमा पर्छ यस्तो नकारात्मक असर

नेपालभ्युज

खुट्टा खापेर बस्दा स्वास्थ्यमा पर्छ यस्तो नकारात्मक असर

एजेन्सी । धेरै मानिस एउटा खुट्टा अर्को खुट्टामा चढाएर बस्ने गर्छन् । तपाईं पनि लामो समय यस्तो पोजिसनमा बसिरहनु हुन्छ भने सतर्क हुनुहोस् । यसले स्वास्थ्यमा नराम्रो असर गर्दछ ।

आज हामी यसरी खुट्टामाथि खुट्टा खापेर बसिरहँदा हुने नोक्सानी बारेमा जानौं ।

  • खुट्टामाथि खुट्टा चढाएर बस्दा रक्तचाप बढ्न सक्छ । यदि तपाईंमा पहिले नै रक्तचापको समस्या छ भने यसरी बस्ने बानी घातक हुन सक्छ ।
  • खुट्टा त्यसरी राखेर बस्दा शरीरको पोस्चर खराब हुन्छ । साथमा यो पोजिशनमा बस्नाले पेल्विसको भागमा दबाब पर्छ जसले गर्दा तपाईंलाई कम्मर दुख्ने समस्या पनि हुन सक्छ ।
  • गर्भवती महिलाका लागि खुट्टामाथि खुट्टा चढाएर बस्नु राम्रो हुँदैन । यसरी बस्दा गर्भमा दबाब पर्न सक्छ । यसले गर्भवतीका खुट्टामा दुखाई तथा सुन्निने समस्या पनि हुन सक्छ ।
  • लामो समय खुट्टा खप्टाएर बस्दा घुँडा कमजोर हुँदै जान्छन् । यो बानीले तपाईंको हड्डीसँग सम्बन्धित समस्या हुन सक्छ ।
  • खुट्टामाथि खुट्टा राखेर बस्दा स्पर्म काउन्टमा पनि नराम्रो असर पर्न सक्छ । यसले अन्डकोषको तापक्रम दुई डिग्रीसम्म बढ्ने गर्छ ।
  • यस्तो बसाईले हिप अर्थात नितम्बको आकारमा पनि परिवर्तन आउन सक्छ । नितम्बको आकार परिवर्तन हुँदा तपाईंको बस्ने पोजिशन सधैंका लागि बिग्रन सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved