रौतहटमा मनि ट्रान्फसरमा लुटपाट, सञ्चालकमाथि गोली प्रहार

तीन भारतीय नागरिक पक्राउ

नेपालभ्युज

रौतहटमा मनि ट्रान्फसरमा लुटपाट, सञ्चालकमाथि गोली प्रहार

काठमाडौं । रौतहटको परोहामा रहेको एक मनी ट्रान्फसरमा लुटपाट भएको छ । परोहा नगरपालिका -९ खापचोकस्थित शिव मनी ट्रान्फसरमा लुटपाट भएको हो ।

शुक्रबार दिउँसो हतियारसहित मोटरसाइकलमा आएको तीन जनाको लुटेरा समूहले मनी ट्रान्फसरका कर्मचारीलाई धम्क्याउँदै लुटपाट गरेका हुन् ।

साथै, लुटेराहरुले सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गरेका  छन् । घाइते साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

प्रहरीले लुटेराहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु मनिषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन्। उनीहरूमाथि थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved