२३ प्रजातिका खतरनाक कुकुरमाथि प्रतिबन्ध लगाउन भारत सरकारको निर्देशन

नेपालभ्युज

२३ प्रजातिका खतरनाक कुकुरमाथि प्रतिबन्ध लगाउन भारत सरकारको निर्देशन

काठमाडौं । भारतको केन्द्र सरकारले २३ प्रजातिका खतरनाक कुकुरमाथि प्रतिबन्ध लगाउन राज्यहरूलाई निर्देशन दिएको छ ।

कुकुरले टोक्ने घटना बढ्दै गएपछि केन्द्र सरकारले मार्च १२ मा राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिवहरूलाई यस्तो निर्देशन दिएको हो ।

पशुपालन तथा दुग्ध विभागले पशुपालन विभागका आयुक्तको नेतृत्वमा विशेषज्ञ प्यानल गठन गरी २३ वटा प्रजातिका कुकुर मानिसका लागि खतरनाक पहिचान गरेपछि यस्तो निर्देशन दिएको बीबीसीले जनाएको छ ।

प्रतिबन्ध लगाउन निर्देशन दिएको कुकुरका प्रजातिमा पिटबुल टेरियर, टोसा इनु, अमेरिकन स्टाफोर्डशायर, फिला ब्राजिलियानो, डोगो अर्जेन्टिनो, अमेरिकन बुलडग, बायरबोल काङ्गल, सेन्ट्रल एसियन शेफहर्ड डग, कोउकासियन शेफहर्ड डग, रटवाइलर र मास्टिफ छन् ।

यस्तै, रूसी शेफर्ड कुकुर, टोर्नजाक, सर्प्लानिनाक, जापानी टोसा र अकिता, टेरियर्स, रोडेसियन रिजब्याक, वुल्फ डग्स, क्यानारियो, अकबाश डग, मस्को गार्ड डग, केन कोर्सो र ब्यान्डोडोगलाई पनि प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ ।

साथै, यस्ता कुकुरको आयात, प्रजनन र बिक्री वितरणमा रोक लगाउनसमेत केन्द्र सरकारले निर्देशन दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved