प्रतिनिधिसभा बैठकबाट बाहिरिए नाउपाका सांसद

नेपालभ्युज

प्रतिनिधिसभा बैठकबाट बाहिरिए नाउपाका सांसद

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद चर्किरहेका बेला पार्टीका सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

अध्यक्ष श्रेष्ठ प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा छिन् भने चौधरी नदिने पक्षमा छन् । उनले विश्वासको मत दिन ह्वीपसमेत जारी गरेकी थिइन् ।

यता, चौधरीले भने बुधबार बिहान पार्टीका सांसदलाई विश्वासको मत नदिन लिखित निर्देशन दिएका थिए ।

प्रतिनिधिसभामा नाउपाका ४ सांसद छन् ।

रञ्जितालाई रेशमले भने- प्रिय तिमीलाई सम्झाउन सकिनँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved