म्याद सकिएको मेकअप सामानलाई पुनः प्रयोग गर्ने टिप्स

नेपालभ्युज

म्याद सकिएको मेकअप सामानलाई पुनः प्रयोग गर्ने टिप्स

एजेन्सी । महिलाका लागि सौन्दर्य सामग्री एकदमै प्यारो हुन्छन् । उनीहरु अनुहार तथा शरीरमा प्रयोग गर्न महंगा सामग्री खरिद गर्छन् । तर, कुनै पनि सामग्रीको एउटा समयपछि म्याद सकिन्छ ।

तर, त्यो महंगो सामाग्री फाल्न लोभ लाग्छ । त्यसलाई पनि तपाईं अन्य तरिकाले प्रयोग गर्न सक्नुहुन्छ । आज यहाँ त्यस्तै केही टिप्स दिइएको छ जसलाई अपनाएर म्याद सकिएका सौन्दर्य सामग्री पुनः प्रयोग गर्न सकिन्छ ।

आईस्याडोको प्रयोग

आईस्याडो किनेको लामो समय भइसकेको छ भने तपाईं यसलाई नेलपोलिस जसरी प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले सादा अर्थात रंग नभएको नेलपोलिस लिनुहोस् र त्यसमा कुनै पनि आईस्याडो मिसाएर प्रयोग गर्नुहोस् ।

लिप वामको प्रयोग

तपाईंको लिपवामको पनि म्याद सकिएको छ भने यसलाई जुत्ता चम्काउनका लागि प्रयोग गर्न सकिन्छ । यसबाहेक झोलाको जिप खराब भएकोमा पनि त्यसलाई लगाएर चिप्लो बनाउन सकिन्छ ।

स्किन टोनर

प्रयोग गर्दागर्दै म्याद सकिएको स्किन टोनरलाई पुनः प्रयोग गर्न सकिन्छ । यसलाई तपाईं सिसा, मोबाइल स्क्रिन आदि सफा गर्न प्रयोग गर्न सक्नुहुन्छ ।

नेल पोलिस

त्यसो त नेल पोलिसको खासै अन्तिम मिति हुँदैन । तर पनि पुराना नेल पोलिस प्रयोग गर्न मन नलाग्दा तपाईंले यसलाई माटाका भाँडा, कागज आदि सामान रंगाउन प्रयोग गर्न सक्नुहुन्छ ।

फेस ओयल

अनुहारमा लगाउने तेल एकदमै महंगो हुन्छन् । त्यसैले तपाईंको पनि यस्तो सामग्रीको म्याद सकिएको छ भने त्यसमा चिनी मिसाएर शरीरमा स्क्रबको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved