आँप बोकेको ट्याक्टर पल्टिदा दुई जनाको मृत्यु, २२ जना घाइते

नेपालभ्युज

आँप बोकेको ट्याक्टर पल्टिदा दुई जनाको मृत्यु, २२ जना घाइते

काठमाडौं । सप्तरीको राजविराजबाट आँप बोकेर कन्चनपुर आउदै गरेको ट्याक्टर दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा सिरहाको लाहान नगरपालिका–१९का ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल रामको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको विराटनगरस्थित गोल्डेन सिटीमा उपचार भइरहेको छ ।

हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो । हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ आउँदै गरेको ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved