आजैदेखि पिउन सुरू गर्नुहोस् निलो चिया, स्वस्थ हुनेछ शरीर

नेपालभ्युज

आजैदेखि पिउन सुरू गर्नुहोस् निलो चिया, स्वस्थ हुनेछ शरीर

एजेन्सी । दुध राखेको चियाको तुलनामा हर्बल टी स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।

अपराजिताको फूलबाट बन्ने निलो चियाका पनि धेरै फाइदाहरु छन् ।

स्वास्थ्य विशेषज्ञका अनुसार ब्लू टी यानिकी निलो चिया मधुमेह, क्यान्सर जस्ता समस्यामा एकदमै लाभदायक हुन्छ ।

ब्लू टीले रक्तचाप तथा कोलेस्ट्रोल सुधारमा पनि राम्रो काम गर्छ ।

एन्टीअक्सीडेन्टले भरपूर ब्लू टी रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । चियामा हुने एन्थोसायनिनले चियालाई निलो रंग दिने गर्छ । ब्लू टी सेवन गर्दा मानसिक स्वास्थ्य, स्मरण शक्ति पनि बुस्ट हुन्छ ।

अल्जाइमर जस्तो समस्यालाई पनि निको पार्न ब्लू टीले सहयोग गर्दछ । यो चियामा क्याफिन हुँदैन त्यसैले पनि यसले स्वास्थ्यलाई कुनै नोक्सान गर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved