ससुराली गएका सशस्त्रका सहायक हवल्दार मृत फेला

नेपालभ्युज

ससुराली गएका सशस्त्रका सहायक हवल्दार मृत फेला

काठमाडौं । दार्चुलामा सशस्त्र प्रहरी बलका सहायक हवल्दार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका-३ का ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा अपिहिमाल गाउँपालिका-२ मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिवबहादुर सिंहले जनाकारी दिए ।

बोहरा कञ्चनपुरको सशस्त्र प्रहरी बल बिओपी बह्रदेवमा कार्यरत थिए।

उनी केहिदिन अघि बिदा लिएर ससुराली गएका थिए । सोमबार बिहान ९ बजेतिर उनी ससुराली घरको सय मिटर टाढा रूखमा झुण्डिएको अवस्थामा फेला परेको डीएसपी सिंहले बताए ।

बोहराका एक छोरा र एक छोरी रहेका छन् भने उनकी श्रीमती जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा कार्यरत छिन‍्।

घटनाबारे अनुसन्धान जारी रहेको डीएसपी सिंहले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved