नामिबियाविरुद्धको जितपछि कुशल भन्छन्- विकेटको महत्व बुझेर खेल्ने प्रयासमा छु

नेपालभ्युज

नामिबियाविरुद्धको जितपछि कुशल भन्छन्- विकेटको महत्व बुझेर खेल्ने प्रयासमा छु

काठमाडौं । नामिबियाविरुद्धको जितपछि नेपालका अलराउण्डर कुशल मल्लले आफू धैर्यता राखेर खेल्ने प्रयास गरिरहेको बताएका छन् ।

नेपालले शुक्रवार त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा नामिबियामाथि ३ रनको जित निकाल्दा कुशल म्यान अफ दी म्याचसमेत भए । खेलपछिको पत्रकार सम्मेलनमा उनले आफू सहजै विकेट नदिने उद्देश्यअनुरूप खेलिरहेको बताएका हुन् । प्रधानमन्त्री कपपछि जिम्मेवारी लिएर खेल्न सिकेको उल्लेख गर्दै उनले विकेटको महत्व बुझेको बताए । उक्त खेलमा कुशल ३७ बलमा ५५ रनमा नटआउट रहे ।

उनकै प्रेरणामा नेपालले निर्धारित २० ओभरमा १८० रनको राम्रो योगफल बनाएको थियो । कुशलले टोलीको लक्ष्य पनि एक सय ८० को हारहारीमा नै योगफल बनाउने रहेको पनि बताए । यद्यपि, अन्तिम ओभरतिर भने त्योभन्दा बढी योगफल बनाउने लक्ष्य बनाएको उनको धारणा थियो । उनले ७÷८ को रन रेटमा रन बनाउने योजना रहे पनि शुरुवाती विकेट गुम्दा केही चुनौति पनि बनेको उनले बताए । डेथ ओभरमा १२ रन जोगाएपछि करण केसीले नेपाललाई रोमाञ्चक जित दिलाए ।

उनले आफूले नै फसाएको खेललाई जोगाउन पर्छ भन्ने लागेको खुलासा गरे । सोहीअनुरूप कप्तान रोहितकुमार पौडेले पनि आफूलाई नै डेथ ओभरमा जिम्मेवारी दिएको बताए । यद्यपि आफूमा यो खेल जोगाउँछ भन्ने आत्मविश्वासमा रहेको पनि उनको भनाइ छ । करणले आफ्नो पहिलो बल योर्कर फ्याक्छु भन्ने अनुरूप बलिङ गरेको बताए। दबाबमा रहेर भन्दा पनि त्यसमा खेलमा रमाएर खेल्ने आफ्नो रणनीति हुने गरेको उनले बताए । नामिबियाविरुद्धको जितले खराब समय सकिएको उनलाई विश्वास लागेको छ । पछिल्ला ४÷५ महिना डेथ ओभरमा कसरी बलिङ गर्ने भन्नेबारे काम गरिरहेको करणले खुलासा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved