सुदूरपश्चिम र कर्णाली प्रदेशमा बर्षा, कोशी र गण्डकीसहितका उच्च भेगमा हिमपातको सम्भावना

नेपालभ्युज

सुदूरपश्चिम र कर्णाली प्रदेशमा बर्षा, कोशी र गण्डकीसहितका उच्च भेगमा हिमपातको सम्भावना

काठमाडौ । कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रहने महाशाखाको अनुमान छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा बर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २३ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved