बारा विष्फोटमा मृत्यु हुने तीन पुगे, एक जनाको उपचार जारी

नेपालभ्युज

बारा विष्फोटमा मृत्यु हुने तीन पुगे, एक जनाको उपचार जारी

काठमाडौं । बाराको निजगढमा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेजमा हिजो ग्यास सिलिन्डर विष्फोट भएको थियो ।

विष्फोटमा सञ्चालक ४५ वर्षीय रेशम मगर, पर्सा वीरगन्जका २० वर्षीय रितु रजत र भारतका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको हो । विस्फोटमा ६ जना घाइते भएका थिए । उनीहरुमध्ये मगर, रजत र जैसवालको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार दिउँसो १२ बजे रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किएको थियो ।

कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुने र यो नेपालमा नपाइने प्रहरीको भनाइ छ ।

घाइतेमध्ये भारतका २० वर्षीय अरविन साहको उपचार जारी छ । पर्सा वीरगन्जका ३४ वर्षीय फिरोद देवानको अवस्था सामान्य रहेको र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

विस्फोटक वस्तु निकै शक्तिशाली रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले घटनाबारे सुक्ष्मरुपमा अनुसन्धान भइरहेको जानकारी दिए । विष्फोटबाट छेउछाउका घरमा समेत क्षति पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved