न्याय सेवाका ७ सहसचिवसहित ११६ कर्मचारीको सरुवा, को कहाँ (सूचीसहित)

नेपालभ्युज

न्याय सेवाका ७ सहसचिवसहित ११६ कर्मचारीको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको हो ।

जसमा ७ सहसचिव, उपसचिव र शाखा अधिकृत गरेर ११६ जनाको विभिन्न निकायमा सरुवा गरिएको आयोगले जनाएको  छ । जसमा ७ सहसचिव र ४५ उपसचिव गरेर ५२ जना कर्मचारीको बढुवापछिको पदस्थापन भएको छ ।

सूचीअनुसार कानून समूहका सहसचिव निर्मला अधिकारीको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव धर्मराज कुइँकेलको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ ।

 यस्तो छ सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved