कोशी र गण्डकीका पहाडी भेगमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

नेपालभ्युज

कोशी र गण्डकीका पहाडी भेगमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

काठमाडौ । आज देशभर आंशिक देखि सामान्य बदली रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा ३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved