ललिता निवास जग्गा प्रकरण : पूर्व सचिव बस्न्यात र पन्तलाई २ वर्ष कैद र साढे ९ करोडको विगो जफत

नेपालभ्युज

ललिता निवास जग्गा प्रकरण : पूर्व सचिव बस्न्यात र पन्तलाई २ वर्ष कैद र साढे ९ करोडको विगो जफत

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन सचिव दीप बस्न्यात र छविराज पन्त दोषी ठहर भएका छन् ।

विशेष  अदालतले पन्त र बस्न्यातसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवडा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्टलाई पनि दोषी ठहर गरेको छ ।

उनीहरुलाई २ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरुबाट दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ विगो जफत हुने विशेष अदालतले फैसलामा उल्लेख गरेको छ ।

प्रधानमन्त्री निवासको जग्गा विस्तार गर्दा सचिवको हैसियतले सरकारी जग्गा मोहीलाई सट्टाभर्ना गर्ने भनी गरेको निर्णय र प्रस्ताव तयार गरेकोमा बस्न्यात र पन्त दोषी ठहर भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved