तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’बाट ३० बंगुर मरे

नेपालभ्युज

तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’बाट ३० बंगुर मरे

तनहुँ । ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट तनहुँमा एक महिना नबित्दै ३० वटा बंगुर मरेका छन् । यसै महिनाको १ गतेदेखि अहिलेसम्म उक्त संख्यामा बंगुर मरेका हुन् । सबैभन्दा बढी व्यास नगरपालिकामा बंगुर मरेको तथ्यांङकले जनाएको छ ।

उक्त नगरपालिकामा उन्नाइस, म्याग्देमा आठ, भीमादमा दुई र ऋषिङ गाउँपालिकामा एउटा बंगुर मरेका हुन् । उक्त सङ्क्रमणका कारण बंगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् । जिल्लाका दस पालिकामध्ये चार पालिकमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए ।

महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको उनको भनाइ थियो । बाह्य मानिसलाई फार्ममा जान नदिन र बंगुर तथा सुङ्गुर ओसारपसार कार्य नगर्न सुझाब दिइएको छ”, प्राविधिक ठकुरीले भने, सुँगुर तथा बंगुरबाट सुङ्गुर तथा बंगुरमै यो रोग सजिलै सर्छ तर मानिसमा सर्दैन ।”

संस्था दर्ता गरी व्यावसायिकरूपले काम गर्दै आएका किसानलाई महामारीले सताएपछि पडित किसानलाई पुनःस्थापना कार्यक्रमअन्र्तगत प्रतिबंगुर रु चार हजारका दरले सहयोग गरिने सो कार्यालयले जनाएको छ । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान थालेको छ ।

पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा राजेशकुमार चौधरीले बताए । सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रवाहसमेत गरिँदै आएको उनको भनाइ थियो । उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन लगाइएको छ ।

उक्त रोगका कारण बंगुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved