बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन २१ दिने सूचना जारी

नेपालभ्युज

बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन २१ दिने सूचना जारी

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन २१ दिने सूचना जारी गरेको छ ।

मालपोत कार्यालयले च्याम्पियन फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका नाममा २१ दिने सूचना जारी गरेको हो ।

चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन कार्यालयले पत्र काटेको हो ।

कार्यालयले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुन अनुसार जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने सूचनामा जनाएको छ ।

चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved